कांग्रेस महाधिवेशन : एकै मञ्चमा देखिदै ओली, प्रचण्ड र माधव

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज उद्घाटन हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन तथा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसले महाधिवेशनमा नेपाली राजनीतिक दलका शीर्ष नेताहरूसहित विदेशी राजनीतिक दललाई समेत निमन्त्रणा गरेको छ । यसका लागि कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)लगायत दललाई निमन्त्रणा गरिसकेको छ । यस्तै, भारतीय जनता पार्टी (भाजपा), कांग्रेस आईका प्रतिनिधिको उपस्थिति हुने भएको छ ।
कांग्रेसले आफ्नो महाधिवेशनमा ठूला दलहरूलाई निम्तो दिएसँगै शीर्ष नेताहरू लामो समयपछि पुनः एउटै मञ्चमा देखिने भएका छन् । प्रधानमन्त्री देउवासहित प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू एकै मञ्चमा देखिने भएका हुन् ।
एमाले अध्यक्ष ओलीलाई निम्तो दिन कांग्रेसका मुख्य सचिव ओली निवास बालकोट पुगेका थिए । उनी आफ्नो पार्टीको महाधिवेशनमा आउने वा नआउने निधो गर्न देउवाले प्रकाशशरण महतलाई बालकोट पठाएका थिए ।
हिजो बिहीबार एमालेले राखेको पत्रकार सम्मेलनमा विरामी भएर जान नसकेको ओलीले आज कांग्रेसको महाधिवेशनमा जाने सन्देश पठाएका थिए । ओलीले पठाएको सन्देशसँगै कांग्रेस महाधिवेशनमा देउवा, ओली, प्रचण्ड, नेपालसहित शीर्ष नेताहरू एकै ठाउँमा देखिने भएका हुन् ।
गत पुस ५ गते तत्कालीन प्रधानमन्त्री पदमा रहँदा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेसँगै उनको विरोधमा शीर्ष नेताहरू सडकमा उत्रिएका थिए । त्यसपछि उनीहरू एकआपसमा नजिकसमेत भएका थिएनन् । तर, आज कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा एउटै मञ्चमा देखिने भएका हुन् ।
यसअघि, गत ९ गते चितवनमा भएको एमालेको १० औँ महाधिवेशन उद्घाटनसत्रमा देउवा, ओलीसहित केही नेताहरू एकै मञ्चमा देखिएका थिए । एमालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत सम्बोधन गर्न निम्तो पठाए पनि उनी गएका थिएनन् । एमालले पार्टी फुटाएर गएको नेकपा एसलाई भने निम्तो नै गरेको थिएन ।









मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया