शेखरलाई सभापतिको उम्मेदवारी बनाउन अन्तिम प्रयासमा पौडेल समुह

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब दुई घण्टा मात्र बाँकी हुदाँ पनि संस्थापन इतर समुहले सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन् । अहिले पनि साझा उम्मेदवार छान्ने कसरतमै छ ।
संसथापन इतर (रामचन्द्र पौडेल) समुहमा चार जना सभापतिका आकांक्षी मध्ये अहिले दुई जना मात्र देखिएका छन् । त्यसमा पनि प्रकाशमान सिंह र शेखर कोइरालाले अडान नछाडेपछि पौडेल समुहले सभापतिका साझा उम्मेदवार छान्न सकेको छैन । सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने अडान राख्दै आएका छन् । शिहीबार साँझ युवा नेताहरुको छलफलमा उनले सभापतिको दाबीबाट पछि नहट्ने बताएका थिए ।
सभापतिको साझा उम्मेदवार छान्न अन्तिम प्रयासमा रहेको संस्थापन इतर समुहको बैठक पौडेल निवास बोहोराटारमा जारी छ । युवा नेताहरुसहितको उक्क्त बैठकले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको एक नेताले बताए । ति नेताले भने, ‘सिंहले दाबी नछाडेपछि शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्ने विषयमा हाम्रो छलफल भइरहेको छ । महाधिवेशन उद्घाटन अघि नै त्यसको टुंगो लाग्छ होला ।’










समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया