कांग्रेस महाधिवेशनमा दुई तिर मुख फर्काएर सँगै बसे महन्थ र उपेन्द्र

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निम्तो मान्न र शुभकामना दिनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर कांग्रेसको महाधिवेशन स्थलमा कांग्रेसको औपचारिक कार्यक्रम शुरु हुनु अगाडी नै पुगेका थिए । नेताद्दय पुग्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा लगायतका शीर्ष नेताहरु मञ्चमा थिएनन ।
स्वंमसेवकहरुले नेताद्दय ठाकुर र यादवलाई मञ्चको अगाडी अतिथि आसन ग्रहण गराउने सिटमा लगेर बसालिदिए । तर संयोग यस्तो परयो दुवै नेता बस्ने सिट सँगसागै । न कांग्रेका कुनै शीर्ष नेता मञ्चमा , न अन्य पार्टीका शुभकामना दिन आएका नेताहरु नै मञ्चमा पुगेका थिए ।
तर दुवै नेता मञ्चमा सँगै बसे । केही समयपछि प्रधानमन्त्री शेरवहादुर देउवा मञ्चमा पुगे । दुवै नेता उठेर प्रधानमन्त्री देउवासँग नमस्कार आदानप्रदान गरे । त्यसपछि पनि सागै रहेका उनीहरुले न एकापसमा कुराकानी गरे । न कुनै हार्दिकता नै जनाए ।
सागै कुम जोडेर मञ्चमा बसेपनि दुई नेताहरु दुई तिर मुख फर्काएर वसेको दृश्य पटक पटक देखिएको छ । उपेन्द्रले एकातिर हेर्दा महन्थले अर्काेतिर हेर्ने र महन्थले एकातिर हेर्दा उपेन्द्रले अर्काेतिर हेर्ने काम यी दुई नेताले कांग्रेसको उदघाटन स्थलमा पुगेर देखाईरहेका छन् ।
क्ुनै समय एकै पार्टीमा रहेका यी दुई नेता अहिले अलग पार्टीमा छन् ।
उपेन्द्रले जनता समाजवादी पार्टीमा बहुमत जुटाएर पार्टी आफनो पकडमा राखेका थिए । त्यसपछि महन्थले भने अर्काे पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए । महन्थ एमाले अध्यक्ष केपी ओली सरकारमा रहँदा ओलीसँग नजिक थिए भने महन्थ ओली विरोधी गठवन्धनमा । सोही कारण उपेन्द्रको पार्टी जसपा अहिले कांग्रेस सभापति समेत रहेका शेरवहादुर देउवा नेतृत्वको सरकारमा छ ।
महन्थको पार्टी भने देउवालाई विश्वासको मत दिएपनि सरकारमा सहभागी छैन ।















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया