ओलीले लिङदेनलाई भने– भर्खर जन्मिएको बाच्छो हिँड्न जान्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भर्खर जन्मिएको बाच्छो हुँदा हिड्न नजानेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तब्य राख्ने क्रममा ओलीले लिङ्देनको अभिब्यक्तिलाई प्रतिवाद गर्दै आलोचनात्मक टिप्पणी गरेका हुन् । ओलीले भर्खर भर्खर अध्यक्ष जितेको भएर लिङदेनले बोल्न नजानेको टिप्पणी गरे । ‘उहाँले विस्तार सिक्दै जानु होला । भर्खर भर्खर हिडेको बाछो रापतापमा हुन्छ । भर्खर भर्खर सभापतिमा छानिएको छ । अलि समयपछि ठिक ठाउँमा आउँला भन्ने लागेको छ । ’ ओलीले भने ।
अध्यक्ष ओलीले देशमा विकास भएको बताएका छन् । ओलीले नेपाल जहाँ रहेको थियो, त्यही नरहेको बताए । उनले देश विकासमा, स्थायित्व, सामाजिक न्यायका पक्षमा कांग्रेससँग एमालेले सहकार्य गरेको बताए । नेपालमा कांग्रेस र एमाले दुई पार्टी रहेको भन्दै ओलीले नेपालमा राणाशासनको अन्त्यदेखि नेपालमा संघीय गणतन्त्रको संविधान ल्याउनसम्म कांग्रेस र एमालेले सँगै सहकार्य गरेको बताए ।
उनले शेर बहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता हुन पनि शुभकामना दिए । यस्तै अध्यक्ष ओलीले साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर लागेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई लक्षीत गरेर कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्णी गरे ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया