शनिबार, पुष ५, २०८२

संस्थापन पक्षबाट महामन्त्रीमा महत र पौडेल निश्चित

मेरोन्यूज २०७८ मंसिर २५ गते १३:०९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा प्रकाशसरण महत र प्रदीप पौडेल पक्का हुने भएका छन् । जसमा पौडेल नेता कृष्णप्रसाद सिटौलाको समूहबाट परेका हुन् ।

पार्टीको जारी १४ औँ महाधिवेशनमा आफ्नो पक्षका पदाधिकारी पदको उम्मेदवार टुंगो लगाउन प्रधानमन्त्रीसमेत रहेका देउवाले बालुवाटारमा बैठक बोलाएका थिए । बैठकमा गृह मन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण र एनपी साउँदले असन्तुष्ट जनाएका थिए ।

दुई नेताको असन्तुष्टिपछि पौडललाई दिइने जिम्मेवारीका बारेमा थप छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया