कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुने
मेरोन्यूज
२०७८ मंसिर २६ गते ७:१४

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा आज उम्मेदवारी फिर्ता गर्न बिहान ११ बजेसम्म समय तोकिएको छ । शनिबार परेका उम्मेदवारहरूले आफ्नो फिर्ता गर्न समय छुट्याइएको हो ।
कांग्रेस निर्वाचन समितिले जनाएअनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आजै दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने भोलि (सोमबार) बिहान ८ बजेदेखि नै मतदान सुरु हुने जनाइएको छ ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि कांग्रेस केन्द्रीय समितिले राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा मतदान गर्ने व्यवस्था गरेको छ । मतदान मत पत्रमार्फत हुने व्यवस्था गरेको छ ।
कांग्रेसले पदाधिकारीसहित केन्द्रीय कार्य समितिको १ सय ३४ पदका लागि निर्वाचतन गर्ने भएको हो ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया