बिहीबार, वैशाख १०, २०८३

जो पदाधिकारीको दाबी गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

मेरोन्यूज २०७८ मंसिर २६ गते ९:२०

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशन धेरै नेताहरूले पदाधिकारी पदको उम्मेदवारमा दाबी गरे । उनीहरूले उम्मेदवारी दर्ता गर्नु अघिसम्म पदाधिकारी पदका लागि आफ्नो समूहमा चर्को छलफल र रस्साकस्सी गरिरहेका थिए ।

Advertisement
NiccNicc

तर, अन्तिम समयमा आफूले चाहेको पदमा उम्मेदवारी दिन नपाएपछि कतिपय नेताहरूले केन्द्रीय सदस्यमा मात्रै चित्त बुझाउन पुगेका छन् । जसमा गृहमन्त्रीसमेत रहेका बलकृष्ण खाँणदेखि सभापति पदमै दाबी गरेका शशांक कोइरालासमेत रहेका छन् ।

मन्त्री खाँणले प्रधानमन्त्रीसमेत रहेको सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्रीमा दाबी गरे । तर, अन्तिम समयमा उनी केन्द्रीय सदस्यको मात्रै उम्मेदवार भएका छन् । यस्तै, देउवा समूहबाट नै महामन्त्रीमा दाबी गरे एनपी साउदसहित रमेश लेखकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

यसैगरी, संस्थापनइतर समूहबाट सभापतिमा उम्मेदवारी दिने दाबी गरेका शंशाक कोइराला पदाधिकारी पद छाडेर केन्द्रीय सदस्य मात्रै उम्मेदवारी दिएका छन् । उनीजस्तै सभापतिमा दाबी गरेका गोपालमान श्रेष्ठले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् ।

यस्तै, सहमहामन्त्रीमा दाबी गरेकी डिला संग्रोला, उपसभापतिमा दाबी गरेका अर्जुननर सिंह केसी, महामन्त्रीमा दाबी गरेका ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्रीमा दाबी गरेका मोहन बस्नेत, उपसभातिमा दाबी गरेका रामशरण महतलगायत केही नेताहरूले समेत केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया