राष्ट्रिय महिला भालिबल टोलीको घोषणा
मेरोन्यूज
२०७८ मंसिर २६ गते १३:३३

काठमाडौँ । नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।
आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि संघले आज अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको हो ।
बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान अरुणासहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहेका छन् ।
प्रशिक्षणमा रहेका १५ खेलाडीमध्ये सरस्वती जैशी, निरुता ठगुन्ना र कविता भट्ट भने टोलीमा पर्न सकेनन् ।
सम्बन्धित

















सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया