सोमबार, पुष ७, २०८२

नगरपालिका र अस्पताललाई अशोक लेलैण्डको शव वाहन

मेरोन्यूज २०७८ मंसिर २६ गते १८:१४

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको आईएमई मोटर्स कर्पोरेट कार्यालय बालाजुले जनाएको छ ।

आइएमई मोटर्सले शव वाहन सहित विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुलबस सहित साना तथा ठूला ब्यापारिक गाडीहरु बिक्रि वितरण गर्दै आएको छ ।
साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि आईएमई मोटर्सले उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया