बुधबार, वैशाख १०, २०८२

जापानको कस्मेटिक्स ब्राण्ड काठमाडौंमा, स्वस्तिमा खड्काबाट उदघाटन

मेरोन्यूज २०७८ मंसिर २६ गते १८:३८

काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् ।

विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध हुँदैछन् । महिलाहरुमा प्रायः बढी देखा पर्ने डन्डिफोर लगायत अन्य समस्याहरुको लागि यो विश्व–विख्यात नाम हो ।

मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादन गर्न थालेको थियो ।

हाल मेशोकु र मोमोतानीका उत्पादनहरु विश्वका २५ देशमा बिक्री भइरहेका छन् । यसका उत्पादनहरुमा एक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन् । यी सबै उत्पादनहरु जापानमै बनेका हुन् ।

नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रा.लि.ले यसलाई नेपालमा भित्राएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटी स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सञ्चालन गर्दै आइरहेको छ ।

खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुनेछन् ।

लाफिङ यती अन्तरराष्ट्रिय कम्पनीले नयाँँ बानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ ।

नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादनहरु यहाँबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गर्नुका साथै सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनि लन्च गरेकी छन् ।

भविष्यमा पनि लाफिङ यति ट्रेडिङको माध्यमबाट यस्तै उपयोगी उत्पादनहरु ल्याउने लाफिङ यति ट्रेडिङका प्रतिनिधि गौरव थापाले बताए ।

मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।

प्रतिक्रिया