चुनाव जित्न देउवाको यस्तो प्रोपोगाण्डा !
सशांकको स्वकीय सचिव तिवारी भन्छन्– सशांक शेखरकै टिममा

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार शेरबहादुर देउवा समूहले प्रोपोगण्डा मच्चाएको इतर पक्षले आरोप लगाएको छ ।
मध्यरातमा देउवा सचिवालयले देउवासँगै बसेको नेता रामचन्द्र पौडेल परिवारसहितको तस्वीर र देउवासँग भेट गरेको डा. सशांक कोइरालाको तस्वीर सामाजिक सञ्जालमा राखेर देउवालाई समर्थन गरेको जनाएका थिए ।
सशांकको स्वकीय सचिव भरत तिवारीले त्यसको खण्डन गर्दै सशांक शेखरकै टिममा रहेको स्पष्ट गरेका छन् ।
शंशाकको स्वकीय भरत तिवारी भन्छन्– ‘डाक्टर साब शेखरको पक्षमा हुनुहुन्छ देउवा समूहले सशांकलाई आफ्नो समूहमा भनेछ,त्यसमा सत्यता छैन ।’
शेखरको प्यानलका महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल सशांक निकटका हुन् । यसअघि सशांक संस्थापनइतरबाट सभापतिका आकांक्षी थिए ।
यस्तै, आइतबार दिउँसो सशांक कोइराला र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । आइतबार रातिबाट कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन आफूहरुलाई रहेको भनी देउवा समूहले प्रचार गरेको थियो।
रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले पनि यो विषयमा खण्डन गरेका छन् । उनले आफ्नो बुवाले देउवा पक्षलाई समर्थन गरेको कुरा झुठो भएको बताए ।
‘बुवा (रामचन्द्र) ले सभापति पदका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने कुरा एकदमै झुटो हो ।’ चिन्तनले भने ।

















आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया