कांग्रेस महाधिवेशन
झण्डै चार घण्टापछि कांग्रेसको मतदान शुरु

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि झण्डै चार घण्टापछि मतदान शुरु भएको छ ।
विहान ८ बजेदेखि मतदान शुरु हुने पूर्व निर्धारित तालिका भए पनि मतदानको तयारी नपुग्दा झण्डै चार घण्टा ढिला गरी मतदान शुरु भएको हो ।
राष्ट्रिय सभागृहमा दुई वटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिले जनाएको छ ।
ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । नेकपा एमाले र राप्रपाको महाधिवेशनमा जस्तो विद्युतीय मतदानको प्रयोग भने कांग्रेसले नगर्ने भएको छ । जसले गर्दा मतदानपछिको परिणाम आउन पनि समय लाग्ने देखिएको छ ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।
मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।
















स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया