मिस युनिभर्सको ताज भारतकी हरनाज सन्धूलाई
मेरोन्यूज
२०७८ मंसिर २७ गते १२:४९

काठमाडौँ । ७०औं मिस युनिभर्सको उपाधि भारतकी हरनाज सन्धूले जितेकी छन् ।
यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।
लाराले उपाधि जितेको २१ वर्षपछि भारतकी अर्की सुन्दरी सन्धूले इजरायलको इलियटमा आयोजित प्रतियोगितामा उपाधि जितेकी हुन् ।
पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथै केही पञ्जाबी चलचित्रमा समेत काम गरेकी छिन् ।
जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत सन्धूलाई मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले ताज पहिराइदिएकी थिइन् ।
पाराग्वेकी नादिया फेरेइराले फस्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितेकी छन् ।
हरनाजले यसै वर्षको अक्टोबरमा मिस युनिभर्स इन्डिया उपाधि जितेकी थिइन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया