मिस युनिभर्सको ताज भारतकी हरनाज सन्धूलाई
मेरोन्यूज
२०७८ मंसिर २७ गते १२:४९

काठमाडौँ । ७०औं मिस युनिभर्सको उपाधि भारतकी हरनाज सन्धूले जितेकी छन् ।
यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।
लाराले उपाधि जितेको २१ वर्षपछि भारतकी अर्की सुन्दरी सन्धूले इजरायलको इलियटमा आयोजित प्रतियोगितामा उपाधि जितेकी हुन् ।
पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथै केही पञ्जाबी चलचित्रमा समेत काम गरेकी छिन् ।
जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत सन्धूलाई मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले ताज पहिराइदिएकी थिइन् ।
पाराग्वेकी नादिया फेरेइराले फस्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितेकी छन् ।
हरनाजले यसै वर्षको अक्टोबरमा मिस युनिभर्स इन्डिया उपाधि जितेकी थिइन् ।
सम्बन्धित














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया