एमसीसीको नेपालस्थित कार्यालय घेराउ, भोलि संसद घेरिने

काठमाडौँ । नेपालमा विवादास्पद बनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन अन्तर्गतको एमसीसी परियोजना खारेज गर्न माग गदै मोहन वैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लगायतका राजनीतिक दल तथा संघ संगठनले संयुक्त रुपमा आज एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले नारावाजी सहित एमसीए, नेपालको कार्यालय दरबारमार्गमा पुगेर कार्यालय घेराउ गरेका हुन् ।
कार्यालय घेराउपछि उक्त कार्यक्रमलाई कोणसभामा परिणत गरेर नेताहरुले एम्सीसी खारेज गर्न माग गरेका थिए ।
एमसीसी परियोजना पास गर्न अमेरिकी सरकारले डिसेम्बर १४ (अर्थात मंसिर २८) सम्मको अल्टिमेटम नेपाली नेताहरुलाई दिएको, मंगलवार (भोली) देखि आह्रवान गरिएको संसद वैठकमा एमसीसी सम्झौता अनुमोदन गराउन सत्तासिन दलले प्रस्ताव लैजान सक्ने भन्दै त्यसका विरुद्ध खबरदारी गर्न उनीहरुले सोमबार एमसीएको कार्यालय घेराउ गरेका हुन् ।
घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटि सदस्य सिपी गजुरेलले एमसीसी सम्झौता खारेज नगरिए आन्दोलनको ठूलो आँधीहुरी नै सिर्जना हुने बताए ।
उनले एमसीसी जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताएका थिए ।
कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य नेता धर्मेन्द्र बास्तोला (कञ्चन)ले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।

संसदमा सत्तासिन दलले एमसीसी अनुमोदनका लागि प्रस्ताव ल्याउन सक्ने भन्दै सोमबार एमसीसीको नेपालस्थित कार्यालय घेराउ गर्न पुगेका राजनीतिक दल तथा संघ सस्थाले मंगलवार भने संसद भवन बानेश्वर घेराउ गर्ने पनि जनाएका छन् । उनीहरुले उक्त कार्यक्रममा सहभागिताका लागि सवै एमसीसी विरोधी सवै जनमानसलाई आग्रह समेत गरेका छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया