आजको राशिफल ः मंसिर २८ गते मंगलबार

आज वि. सं. २०७८ साल मंसिर महिनाको २८ गते मंगलबार, मंसिर शुक्लपक्षको एकादशी तिथि । आज मोक्षदा एकादशी तथा गीता जयन्ती रहेको छ ।
मेष
व्यक्तित्वमा दृढता बढ्ने छ । पारीवारिक जीवनमा भने कलह र द्वन्द विद्यमान रहने छ । भाग्यको साथ नभएकाले आँटेका काम पुरा हुनका लागि बाधा व्यवधानहरु अत्याधिक देखिने छ । पेशागत जीवन औसतमा स्थिरतातर्फ नै ढल्कने छ । मेहनत र पराक्रमी स्वाभावमा केही बृद्धि हुने छ ।
वृष
मनोबलमा कमि हुने हुँदा भित्रि मनमा पटक्कै आँट आउने छैन । दृढताको अभावमा निर्णय क्षमतामा भारी गिरावट आउने छ । बोलीमा भने नरमपना आउने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले सञ्चित गरेको धन सम्पत्ति नोक्सानी हुने समय रहेकाले ध्यान दिनु होला ।
मिथुन
बोलीमा आउने कडापनले बेला बेलामा झैझगडामा पार्ने हुँदा संयमित रहनु होला । आम्दानीमा केही बृद्धि हुनेछ । बोलीको प्रभाव हुने हुँदा अरुबाट गराउनु पर्ने कामको प्रभावकारीता बढ्ने छ । मनोमलमा कमि आउने भएकाले दृढ भएर काम गर्ने प्रयास गर्नु होला । निर्माण, विकासका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, हेलिकोप्टर सेवा जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
कर्कट
चलाख व्यक्तित्व हुनेछ । यससँगै रिस भने कडा हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । दुविधात्मक मन हुने हुनाले निर्णयमा अन्योलता उत्पन्न हुने छ । व्यवस्थापकीय क्षमता बढोत्तरी हुने छ, यसले गरिरहेका काममा सफलता दिने छ । वाणिज्य, ब्यापार विजनेश क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहेको छ । शिक्षा, शैक्षिक संस्था, अध्यापन, शिक्षण जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहने छ ।
सिंह
शितल खालको ब्यक्ति हुने भएकाले अरुले सहज रुपमा लिने हुँदा अरुको मन जित्न सकिने छ । व्यवस्थापकीय भूमिकामा गिरावट आउने छ । बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन, वाणिज्य, व्यवस्थापन आदीमा आवद्धहरुलाई समय प्रतिकुल देखिन्छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव उत्पन्न हुनेछ ।
कन्या
भाग्यको साथको अभावले गर्दा कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । मनमा दुविधाले असाध्यै सताउने हुँदा आफै प्रतिको भरोषामा अविश्वास देखा पर्ने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ ।सेक्युरिटी सेवा, होटल, रेष्टुरेण्ट, डान्सबार, वाउन्सर आदीमा सहभागिहरुलाई समय चुनौतिले भरिएको रहेको छ ।
तुला
सकारात्मक समय सक्रिय छ । आत्मबल बलियो हुने हुँदा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने बानी हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुन जाने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने छ ।
वृश्चिक
भाग्यको साथ रहेकाले उन्नति तथा प्रगति हुनेछ । नरम स्वाभावको व्यक्तित्व हुने भएकाले सबैसँग मिल्ने स्वाभाव हुने छ । दाम्पत्य जीवनमा भने कटुताका मात्रा देखिने भएकाले यसबारेमा सतर्क रहनु होला । साझेदारीमा गरिएका काममा पनि समस्या देखा पर्ने छन् । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने भएकाले निराश नभई अघि बढ्दै जानु उपयुक्त होला ।
धनु
बौद्धिकतामा वृद्धि हुने छ । तर प्रतिष्पर्धात्मक क्षमतामा भने ह्रास आउने छ ।सर्जिकल सामानको आपूर्ति, औषधी, ठेक्कापट्टा, लत्ता कपडा जस्ता क्षेत्रमा कार्यरतहरुलाई केही फाइदा मिल्ने छ । उद्योग, कलकारखाना, श्रमिक वर्गा, निर्माण जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण रहने छ ।
मकर
धैर्यता भएर पाईला चाल्नु पर्ने छ । मनमा निराश भाव बढि आउने भएकाले सकारात्मक दृष्टिकोणलाई बढावा दिने प्रयास गर्नु होला । विशेष गरी चिसोबाट र पानीबाट जोगिनु होला । अध्ययन, अध्यापनमा प्रगति हुने छैन् । आम्दानीमा अलिकति बृद्धि हुन खोजे जस्तो हुनेछ । धन सम्पत्ति नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्क रहनु होला ।
कुम्भ
छोटोछोटो यात्रा गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । भावनात्मक हिसावले आम्दानीको क्षेत्रमा अघि बढ्न खोजेता पनि शारीरिक स्वास्थ्य र मनोबलले साथ दिने छैन् । शरीरमा कमजोरीहरु देखा पर्ने छन् । जसले गर्दा आलश्यताले सताउने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा सँहालिन मद्धत पुग्ने भएकाले परिवारको साथ र सहयोग लिएर अघि बढ्नु होला । जलविद्युत, पानीको आपूर्ति जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ ।
मीन
मनमा दृढता बढ्ने छ । व्यक्तित्वमा निखारता आउने छ । कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा अति धेरै हुने भएकाले यसबारेमा विवेक पुर्याउनु होला । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि गर्न सक्छु भन्ने भावना कायम रहने छ । धेरै चुनौतिपूर्ण कामहरुमा संलग्न हुने समय छैन ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया