दशैं–तिहार योजना “होण्डाको साथ ७” को विजेताहरु घोषित

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यसाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका हुन् ।
“होण्डाको साथ ७” योजना अन्तर्गत प्रदेश १ बाट एसटिसी विराटनगरबाट रबिना चौधरी, प्रदेश २ बाट मिशिका इंटरप्राइसेसका राम प्रकाश यादव, बागमति प्रदेशबाट एसटीसी टेकु सिटिजन बैंकका अनिना मानन्धर, गण्डकी प्रदेशबाट कुंवर ब्रदर्सका जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अमृत इंटरनेशनलका अन प्रसाद काफ्ले, कर्णाली प्रदेशबाट न्यू बुलबुले अटोसेलसका तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारुले १ लाख नगद उपहार प्राप्त गरेका छन् । यस्तै एस.टी अटो लुम्बिनी प्रदेशकी साबित्रा श्रेष्ठले बम्पर उपहार स्वरुप १५ लाख प्राप्त गरेकी छन् ।
यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । यस्तै होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजारसम्मको क्यास ब्याक प्राप्त गरेका छन् ।
















केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया