दशैं–तिहार योजना “होण्डाको साथ ७” को विजेताहरु घोषित

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यसाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका हुन् ।
“होण्डाको साथ ७” योजना अन्तर्गत प्रदेश १ बाट एसटिसी विराटनगरबाट रबिना चौधरी, प्रदेश २ बाट मिशिका इंटरप्राइसेसका राम प्रकाश यादव, बागमति प्रदेशबाट एसटीसी टेकु सिटिजन बैंकका अनिना मानन्धर, गण्डकी प्रदेशबाट कुंवर ब्रदर्सका जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अमृत इंटरनेशनलका अन प्रसाद काफ्ले, कर्णाली प्रदेशबाट न्यू बुलबुले अटोसेलसका तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारुले १ लाख नगद उपहार प्राप्त गरेका छन् । यस्तै एस.टी अटो लुम्बिनी प्रदेशकी साबित्रा श्रेष्ठले बम्पर उपहार स्वरुप १५ लाख प्राप्त गरेकी छन् ।
यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । यस्तै होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजारसम्मको क्यास ब्याक प्राप्त गरेका छन् ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया