कांग्रेस सभापतिमा शेरवहादुर देउवा निर्वाचित
कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत ल्याएर विजयी बने, प्रतिद्धन्द्धी शेखरले १८५५ पाएका थिए

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको पूरानो पार्टी नेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा आएका छन् । अवको ५ वर्ष पार्टीको नेतृत्व लिने गरी १४ औं महाधिवेशनवाट उनी सभापतिमा निर्वाचित भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनवाट पनि देउवा सभापतिमा निर्वाचित भएका थिए ।
पार्टीभित्रै उनले सभापतिका अर्का प्रत्याशी शेखर कोइरालालाई पराजित गदै दोश्रो कार्यकालका लागि पार्टी सभापतिमा विजयी बनेका हुन् । कांग्रेसले सभापति चुन्नका लागि मंगलबार अवेर रातीसम्म दास्रो चरणमा पुन मतदान गराएको थियो । त्यसपछि राती नै भएको मतगणनापछि देउवा सभापतिमा विजयी बनेका हुन् ।
मतदान अधिकृत सुनिल पाण्डेका अनुसार दोस्रो चरणमा भएको मतदानमा कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो ।
यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि पार्टी विधानले ब्यवस्था गरे अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा देउवालाई ५१ प्रतिशत मतका लागि ८२ मत पुगेको थिएन ।
१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।










देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया