लैनो भैँसी पाल्ने किसानलाई अनुदान वितरण

काठमाडौँ । लैनो भैँसी पालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो ।
व्यावसायिक रूपमा भैँसी पालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताए । लैनो भैँसी पालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसी पालन गरी दुईवटा पुर्याउनु पर्ने छ ।
किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताए । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ र हेफर परियोजनाको सहयोग भैँसी पालनका क्षेत्रमा सहयोग गरिएको हो ।
चालु आर्थिक वर्ष २०७८–७९ मा नगरपालिकाभित्रका किसानलाई सय लैनो भैँसी थप गर्ने योजना छ । सोहीअनुसार ६९ लैनो भैँसी थप गर्ने किसानलाई २९ लाख अनुदान वितरण गरिएको हो । तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिक रूपमा दूध उत्पादन गर्न भैँसी पालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।
तानसेन नगरपालिका–७ र १३ नं वडामा लैनो भैँसी पालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ । किसानले उत्पादित दूध बजारसम्म पुर्याउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले जानकारी दिए ।











बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया