माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ । यही मंसिर २५ गतेदेखि सुरु भएको सम्मेलनले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी तोक्ने विधि तय गरेको हो ।
उक्त सम्मेलनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट छान्ने र केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको जानकारी दिए । निर्वाचित प्रदेश समिति २११ सदस्यीय हुनेछ । आचार्यले भने, “प्रदेश समितिमा देखिएको असन्तुलनलाई सन्तुलित गर्ने ध्येयले १० प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ ।”
उनले दशवटै जिल्लाबाट छानिएका प्रदेश समिति सदस्यको प्यानल प्रस्ताव बन्दसत्रमा मंगलबार सार्वजनिक गरेका थिए । अध्यक्ष आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालिकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० प्रदेश सदस्यमा चयन भएका छन् ।
छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने छन् । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको छ ।


















भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ
मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया