बुधबार, फागुन २७, २०८२

प्रदेश २ को आठौँ अधिवेशन सुरु हुने

मेरोन्यूज २०७८ मंसिर २९ गते ११:०४

काठमाडौँ । प्रदेश २ को प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन बोर्लाको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया