ओमिक्रोन भेरियन्ट विश्वका धेरै देशमा पुगिसकेको अनुमान

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको हो । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताएका छन् ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताएका छन् । ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई बताए । ओमिक्रोनले कम गम्भिर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्ने उनले बताए ।
यस भेरियन्टसँग जुझ्न कयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका अवस्थामा मंगलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याएका छन् । उनले बूस्टर डोजहरुले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भएपनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताएका छन् ।
यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसैसँगै कयौँ देशहरूले दक्षिणअफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि संक्रमण फैलन रोकिएको छैन । रासस
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया