बिहीबार, पुष १०, २०८२

मोटरसाइकल दुर्घटनामा मृत्यु

मेरोन्यूज २०७८ पुष २ गते १०:४१

काठमाडौँ । महोत्तरीको भङ्गहा नगरपालिका ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको ना १७ प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकामा गम्भीर चोट लागेर उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा लगिएकामा गए राति १०ः३० बजे मृत्यु भएको हो ।

मोटरसाइकल चालक दिपेश चौधरी घटनापश्चात फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया