कांग्रेस सहमहामन्त्रीतर्फ मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना सुरु
मेरोन्यूज
२०७८ पुष २ गते ११:३८

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । आज बिहान करिब ११ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको सहामहामन्त्रीको मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना भइरहेको हो । नौ ठाउँमा मतगणना भइरहेको छ ।
खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादव तथा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिष्पर्धामा छन् ।
बिहीबार महिला दलित/आदिवासी जनजाति तर्फको सहमहामन्त्रीको मतगणनापश्चात् नतिजा सार्वजनिक भइसकेको छ ।
महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।
सम्बन्धित







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया