शुक्रबार, चैत ६, २०८२

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट

मेरोन्यूज २०७८ पुष २ गते १३:५४

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउँद, इश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, सङ्गीता मौनी र सम्झना खड्का छन् । यस्तै रेवती धामी, मनिषा चौधरी, भावना जोशी र सपना तामाङ वैकल्पिक खेलाडीका रुपमा रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

हालै सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको उनले बताए । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । उक्त प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश तथा समूह ‘बि’ मा एपिएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले तीन लाख, वुमन अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार, उत्कृष्ट ब्याटस्वुमनले १५ हजार तथा वुमन अफ दि म्याचले दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया