शुक्रबार, वैशाख ११, २०८३

सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक : डा रावल

मेरोन्यूज २०७८ पुष ३ गते १५:०१

काठमाडौँ । नेकपा एमालेका नेता डा भिम रावलले पार्टीको सल्लाहाकार परिषद् सदस्यको जिम्मेवारी अस्वीकार गरेका छन्। उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका हुन् ।

Advertisement
NiccNicc

उनले लेखेका छन्,’मलाई नेकपा ९एमाले०को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने–मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताविपरीत हुन्छ ।’

चितवनमा भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि रावल पार्टीमा जिम्मेवारीविहीन भएका थिए। पार्टीको सल्लाहाकार परिषद् सदस्यको जिम्मेवारी दिएपनि उनले अस्वीकार गरेका छन्।

प्रतिक्रिया