सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु

कैलाली । सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको हो । साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ३, ४ र ५ गते सम्म साइकल यात्रा चल्नेछ । साइकल यात्रामा भारतका राइडरहरुको पनि सहभागिता रहेको छ । शनिबार बिहान धनगढीदेखि गोदावरी, खानीडाडाँ हुदै डोटीको बुडरसम्म साइकल यात्रामा हिडको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरत विक्रम शाहले बताए । भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जना सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८मा सहभागि रहेको उनले बताए ।
यस्तै नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागि छन् । यात्राको अन्तिम तथा तेस्रो दिन बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गर्ने तयारी भएको छ । निसर्ग अस्पतालको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।
डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरुमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार निसर्ग अस्पतालले स्पोन्सर गरेको छ । साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागत गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए ।
















सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया