बिहीबार, पुष १०, २०८२

वैध माओवादीसहित दलले पुस ६ गते फेरि संसद भवन घेर्ने

मेरोन्यूज २०७८ पुष ४ गते २०:१२

काठमाडौं । अमेरिकी साहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेको मोहन वैध (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लगायतका ८ दलीय संयुक्त मोर्चाले पुस ६ गते फेरि संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेको छ ।

आठ दलीय मोर्चाको आइतबार दिउँसो बसेको बैठकले संसद बैठक राखिएको पुस ६ गते माइतीघरमा जम्मा भएर बानेश्वरस्थित संसद भवन घेर्न जाने र सडकवाट एम्सीसी पारित नगर्न दवाव बढाउने रणनीति बनाएको छ ।

हामी पुस ६ गते माइतीघर देखि बानेश्वरसम्म जनप्रर्दशन गदै संसद घेर्न जान्छौं, त्यो कार्यक्रम तय भएको छ, क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सीपी गजुरेलले मेरोन्यूजलाई भने ।

यस अगाडी मंसिर २८ मा पनि यही मोर्चाले बोनश्वर संसद भवन अगाडी प्रर्दशन गरेको थियो । एमसीसी कुनै हालतमा हामी पारित हुन दिदैनौं, पातिर गर्न खोजिए जनताको वलवाट त्यसको कडा प्रतिरोध गछौं, नेता गजुरेलले भने ।

प्रतिक्रिया