बुधबार, फागुन २७, २०८२

कांग्रेस केन्द्रीय सदस्य : देउवा र शेखर पक्षबाट को-को विजयी (नामावलीसहित)

मेरोन्यूज २०७८ पुष ५ गते ७:२०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाविधेशनअन्तर्गत खुलातर्फाको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । आइबार साँझ भएको परिणामअनुसार संस्थापन शेरबहादुर देउवा पक्ष हाबी भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सभापतिमा विजयी भएका देउवा समूहबाट २५ जना, शेखर कोइरालाको समूहबाट ९ जना र स्वतन्त्र एक जना विजयी भएका हुन् ।

३५ सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए । जसमा सबैभन्दा बढी डा. शशांका कोइरालाले मत पाएका छन् ।

शेरबहादुर देउवा समूहबाट विजयीहरू

एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य

शेखर कोइराला समूहबाट विजयीहरू

अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, दीपक गिरी, डा. गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी

स्वतन्त्र स्वतन्त्र उम्मेदवार

डा. शशांक कोइराला

प्रतिक्रिया