मलेसियामा व्यापक बाढी, ३५ हजारभन्दा बढी विस्थापित
काठमाडौँ । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् ।
मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।
यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ ।यहाँका करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।
राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरुले जनाएका छन् ।
मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरुलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया