नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

सर्लाही । सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो (आषिश) र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेका हुन् ।
सशस्त्र प्रहरी बल १० नं गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनीहरू बीआर ३० वाइ ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा आएका थिए । ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्नेक्रममा मोटरसाइकलको डिक्की र सिटको बीचमा लुकाएर ल्याएको एक हजार दरका ११५ नोट बरामद भएको हो । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको भए पनि आज मात्रै सार्वजनिक गरिएको हो ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया