सञ्चारकर्मीले सही र सत्य सूचना दिनु : महासचिव पोखरेल

काठमाडौँ । प्रेस चौतारी नेपाल दाङको नवौँ जिल्ला अधिवेशनमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई सही र सत्य सूचना दिने सञ्चारकर्मीको दायित्व भएको बताएका छन् ।
महासचिव पोखरेलले नागरिकलाई सही सूचना दिने र सरकारलाई खबरदारी गर्ने काम मिडियाहरूले निरन्तररूपमा गरिरहनु पर्ने बताए । सत्य र गलतलाई छुट्याउने सही सूचना दिनु पर्ने र सञ्चारमाध्यमले आफ्नो दायित्व भुल्न नहुने उनको भनाई थियो । “सत्य तथ्य सूचना दिने र गलत कार्यका विरुद्ध लेखेर खबरदारी गर्ने सञ्चार क्षेत्रको दायित्व हो”, महासचिव पोखरेलले भन ।
नवौँ अधिवेशनले इन्द्र डिसीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सहसचिवमा चन्द्रप्रकाश नेपाली र एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् ।
सदस्यमा कमल ओली, नीता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कुँवर, वीरेन्द्र गिरी, अंशु बोहरा, सुुवास शर्मा, वसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधव कँडेल, अर्जुन परियार, कपिलमणि पोखरेल, हिमाल विश्वकर्मा, निमराज पोखरेल चयन गरिएको छ ।















पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
Gold price up, silver holds steady
HoR Election: Proportional representation vote counting concludes
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया