सभामुख र मन्त्रीद्वारा कृषिका कार्यक्रम अनुगमन
काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले रुकुम (पूर्व)मा कृषिका कार्यक्रमको अनुगमन गरे । उनहरूले भूमे गाउँपालिका–९ चुनवाङमा सञ्चालित बाख्रा मिसन र प्राङ्गारिक मल कार्यक्रमको अनुगमन गरे ।
गत आर्थिक वर्षमा सञ्चालन गरिएको यी दुई कार्यक्रमको चुनवाङमै पुगेर उनीहरूलगायतको टोलीले स्थलगत रूपमा अनुगमन गरेको छ । अग्र्यानिक जिल्ला घोषणा गरेको प्रदेश सरकारले प्रदेश मातहतमा रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयमार्फत सञ्चालन भइरहेका विभिन्न कृषि योजनाको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा सभामुख र कृषिमन्त्रीसँगै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायन देवकोटा, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपक्षी महाशाखका प्रमुख तुलसीराम भण्डारी पनि सहभागी रहेका थिए । अनुगमनका क्रममा कृषकसँग छलफल गर्दै उनहरूले अहिले भइरहेको कामकाज राम्रै भए पनि यसलाई अझ व्यवस्थित गरेर लैजानु पर्ने देखिएको बताए ।
चुनवाङमा बाख्रा मिसन कार्यक्रमअन्तर्गत किसानले आधुनिक खोर निर्माण गरेका तर खोरको छाना जस्तापाताको त्यसलाई सुधार गर्न सल्लाह दिइएको छ । जस्तापाताले बाख्राको स्वास्थ्यमा असर पर्ने भएकाले जस्तापाताभित्र प्लाइउड राख्ने या खरको छाना बनाउने सुझाव कृषकलाई दिइएको हो । चुनवाङमा कृषक बोयर जातको बाख्रापालनमा आकर्षित भइरहेको भन्दै त्यसमा भन्दा पनि अझ बढी जोड स्थानीय जातमा नै दिनुपर्ने सुझाव पनि किसानलाई दिइएको छ ।
कृषकहरूले भने सभामुख र कृषिमन्त्रीसमक्ष बजारीकरणको समस्या भएकाले यसको समाधान गरिदिन आग्रह गरेका थिए । यसमा उहाँहरूले बजारको मागअनुसार उत्पादनलाई बढवा दिन र लेबलिङ, प्याकेजिङका कुरामा पनि ध्यान दिन सुझाएका थिए ।
यस्तै एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम (पूर्व)ले किसानको सहजताका लागि चालु आर्थिक वर्षमा चुनवाङमा सञ्चालन हुने लसुन प्याज प्रवद्र्धन कार्यक्रमको फिल्डमै सम्झौता गरेको छ । कार्यक्रममा छनोट भएका नौ किसानका सञ्चालनको लागि फिल्डमै कार्यक्रम सम्झौता गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारी एवं कृषि अधिकृत थलराज बस्नेतले बताए ।
















इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया