पाँच प्रदेशमा माओवादी नेतृत्व टुंगो लगाउन बाँकी

काठमाडौँ । लामो रस्साकस्सीबीच नेकपा माओवादी केन्द्रले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुंगो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका हुन् ।
यसैबीच प्रदेश सम्मेलन सम्पन्न भएको १० दिन बितिसक्दा माओवादीले अझै पाँच प्रदेशको नेृतत्व टुंगो लगाउन सकेको छैन । प्रदेश १, प्रदेश २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समिति नेतृत्व चयन हुन नसकेको हो । सकेसम्म सहमति नभए निर्वाचनको माध्यमबाट जतिसक्दो छिटो प्रदेश पदाधिकारीको टुंगो लगाउन पार्टी हेटक्वार्टरले निर्देशन दिएको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका तथा प्रदेश सम्मेलन सम्पन्न गरेको माओवादीले यही पुस ११ देखि १३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनले पार्टीका क्रान्तिकारी कार्यदिशा तय गर्ने बताइएको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया