भालुको आक्रमणबाट गम्भीर घाइते
मेरोन्यूज
२०७८ पुष ६ गते ९:४६
काठमाडौँ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका ४ वायलमा जंगली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुन् ।
बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनका अनुसार भालुले टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पुर्याएको छ ।
भालुले आक्रमण गर्दा उनी भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको हो । घाइतेको दिपायलमा उपचार भइरहेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया