‘जीवन नै रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो’ – डब्लुएचओ

काठमाडौं । ओमिक्रोन भेरियन्ट विश्वव्यापी रूपमा फैलिएकोले आफ्ना छुट्टीका योजना रद्द गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आग्रह गरेको छ।
डिशेम्बर २५ मा क्रिसमस एवम् नयाँ वर्षलाई लक्षित गरी डब्लुएचओले जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो रहेको भन्दै यस्तो चेतावनी दिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले भने,‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो ।’
ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको भन्दै उनले कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु राम्रो रहेको बताए।
फ्रान्स र जर्मनीसहित कैयौं राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा। गेब्रेयससको पछिल्लो भनाइ आएको हो। नेदरल्याण्डले त क्रिसमसका अवसरमा कडा लकडाउन नै लगाउने निर्णय गरेको छ।
केही देशले भने प्रतिबन्ध नलगाउने जनाएका छन्। जसले संक्रमणलाई अझै तिव्र गतिमा फैलाउनसक्नेमा गेब्रेयससले चिन्ता व्यक्त गरेका छन्।
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन्।
सोमवार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ुदेशलाई बन्द गर्नेु योजना नबनाएको जनाएको छ।बिबिसी















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया