बुधबार, फागुन २७, २०८२

जग्गा बैना गरेर ठगी गरेको आरोपमा पक्राउ

मेरोन्यूज २०७८ पुष ६ गते २१:३२

काठमाडौँ । जग्गा बैना गर्दै गठी गर्ने गरेको आरोपमा आज साँझ प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा परेको उजुरीका आधारमा उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ थलीबाट पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा बैना गर्ने तर जग्गा नामसारी नगर्ने र पैसा माग्दा चेकबाट पैसा फिर्ता लिनु भन्दै पैसा नभएको बैंक खाताको चेक दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनले अहिलेसम्म यसरी आठ जनाबाट एक करोड ६६ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ । उनको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया