अन्तरजातीय विवाहापछि बेपत्ता पारिएका कामीको खोजीको माग गर्दै प्रदर्शन

काठमाडौँ । अन्तरजातीय विवाहापछि बेपत्ता पारिएको हुम्लाका चन्द्रे कामीको खोजीको माग राखेर रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।
अनेरास्ववियू ९क्रान्तिकारी० आर।आर क्याम्पस कमिटीका विद्यार्थीले मंगलबार साँझ प्रदर्शन गरेका हुन् । उनीहरुले कामीको खोजीको माग गर्दै टर्च बालेर प्रदर्शन गरेका थिए ।
‘चन्द्रे कामीलाई तत्काल सार्वजनिक गर, सरकार चन्द्रे कामी हरायो भोलि हाम्रो पालो, अझै पनि चलेनौँ हामी नवराजपछि चन्द्रे कामी’लगायत लेखिएको पम्पेलेटसहित उनीहरुले प्रदर्शन गरेका हुन्।
अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता पारिएको कामीको खोजीमा सरकारले ढिला सुस्ती गरेको भन्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियू ९ क्रान्तिकारी ० आरआर क्याम्पस कमिटीका इन्चार्ज तथा क्याम्पस जिल्लाका सहसचीव मिनराज पाण्डेले बताए । पाण्डेले दलित समुदायमाथि हुने यो एक प्रतिनिधिमुलुक घटना मात्र भएको बताए ।
मुगुकी १७ वर्षीया रमिला मल्लसँग अन्तरजातीय बिहे गरेका हुम्लाका १८ वर्षीय कामीलाई मल्ल परिवारले एक साता आगाडि घरबाट लिएर गएका थिए। उनी अहिलेसम्म पनि भेटिएका छैनन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया