शनिबार, पुष १२, २०८२

एमालेको नाराबाजीकाबीच नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि अध्यादेश स्वीकृत

मेरोन्यूज २०७८ पुष ७ गते १३:५८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीकैबीच नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

उक्त प्रस्ताव राष्ट्रको सुरक्षाको हित विपरित रहेको दाबीसहित अस्वीकृत गर्न माग गर्दै नेमकिपाका सांसद प्रेम सुवालले पेश गरेको अध्यादेश संसदले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया