माओवादी प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी
मेरोन्यूज
२०७८ पुष ८ गते ६:५४

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षमा नेम्बाङले एक सय ६९ मत पाएका थिए । यस्तै, मेन्याङ्बोले ६४ मत मात्र पाएका थिए ।
यसैगरी प्रदेश सम्मेलनबाट तीन जना उपाध्यक्ष चयन भएका छन् । जसमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ रहेका छन् ।
सचिवमा गणेश उप्रेती विजयी हुँदा तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराँती विजयी भएका छन् । कोषाध्यक्षमा रेवतराज पुरी विजयी भए ।
९ जना पदाधिकारी चयनका लागि भएको निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।
सम्बन्धित
















नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया