शुक्रबार, पुष ११, २०८२

कस्तो छ आजको मौसमको पूर्वानुमान ?

मेरोन्यूज २०७८ पुष ९ गते ७:५५

काठमाडौं । देशको पहाडी भू–भागहरूमा शुक्रबार आंशिक बदली हुनुका साथै बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार शनिबार र आइतबार पनि देशका पहाडी भूभागमा सामान्य बदली हुनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

अहिले तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको छ ।

प्रतिक्रिया