न्याय माग्दै संयुक्त आन्दोलन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीको जानकी गाउँपालिका ९ का अर्जुन दास र लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवालको हत्याको विरोधमा स्थानीयले शुक्रबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
लम्कीचुहा १ का २३ वर्षीय बडुवालको गत कार्तिक २३ गते टीकापुरमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । यस्तै, दासको गत पुस २ गते जिल्लाको जानकी नगरपालिकाको अवरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
लम्कीचुहा नगरपालिका र जानकी नगरपालिकासँगै जोडिएका स्थानीय तहका हुन् । दासको हत्या भएको एक हप्ता पुग्दासम्म घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको न्यायका लागि गठित संघर्ष समितिका संयोजक ललित परियारले बताए । उनले हत्यारालाई पक्राउ नगर्दासम्म आन्दोलन जारी रहने बताए ।
भूपेन्द्र हत्या आरोपमा फरार रहेका थप ९ जनालाई व्यक्तिलाई पक्राउ गर्नु पर्ने र पक्राउ परेका अभियुक्तलाई छोड्न नमिल्ने भन्दै आफन्त आन्दोलनमा छन् । योपटक दुवै पीडित पक्षहरूले संयुक्त रुपमा राजमार्ग अवरुद्ध गरेका हुन् ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया