मन्त्री खाँणले भेटे मृतक एसएसपीका परिवार
मेरोन्यूज
२०७८ पुष ९ गते २१:१३

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संघीय इकाई प्रहरी कार्यालय भैरहवाको निवासमै मृत फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवका परिवारसँग भेटघाट गरेका छन् ।
शुक्रबार साँझ घटना स्थल पुगेर गृहमन्त्री खाँणले एसएसपी यादवका परिवारसँग भेट गरी घटनाबारे जानकारी लिएका हुन् । एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो ।
गृहमन्त्री खाँणले उनको मृत्युको कारणको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता बसन्त कुँवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।
सम्बन्धित















सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया