युवा क्लबको अभियान ‘ग्रीन निसर्दी, क्लीन निसर्दी’
पाल्पा । रामपुर नगरपालिका–८ स्थित निसर्दी युवा क्लबले बजार विस्तारसँगै सवारी साधनको चाप बढ्दै गएपछि ‘ग्रीन निसर्दी, क्लीन निसर्दी’ अभियान सुरु गरेको छ । कालीगण्डकी करिडोर सडकखण्डमा अहिले सवारी साधनको चाप बढ्दै जान थालेपछि युवाक्लब नयाँ अभियानमा जुटेको छ ।
निसर्दी गाउँको बीचबाट पूर्वपश्चिम भएर कालीगण्डकी करिडोर सञ्चालित छ । यहाँ दैनिक सयभन्दा बढी सवारी साधन गुड्छन् ।
करिडोर सडकखण्डमा सवारी साधनको चाप बढ्दै जान थालेपछि सडकमा फोहर र दुर्गन्ध फैलने भएकाले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने मनसायले गाउँ टोल सरसफाइ अभियानलाई जोड दिएको क्लबका अध्यक्ष प्रशान्त डोटेलले बताए ।
उनले भने, ‘आफ्नो गाउँ आफैँ बनाउने हो, गाउँघर सफा बनाउन सकियो भने स्वस्थ र निरोगी भइन्छ, हामी युवा मिलेर नयाँ अभियानमा लागेका छौँ ।’ निसर्दी टोललाई सफा र हरियाली बनाउन नियमित सरसफाइ कार्यक्रम गर्ने अध्यक्ष डोटेल बताउँछन् । क्लबले आगामी वर्षायामको समयमा वृक्षरोपण कार्यक्रम गर्ने जनाएको छ ।
करिडोरका दायाँबायाँ गाउँलाई समेट्ने गरी सात वटा फोहर संकलनका लागि डस्बीन राखिएको छ । क्लबले गाउँका खहरेखोला र निसर्दीघाट पुलमा स्वागतद्वार राखेको छ । विशेषगरी जिल्लाको व्यापारिक केन्द्र रामपुर पुग्ने र स्याङ्जाको दक्षिण र तनहुँको दक्षिण पश्चिम क्षेत्रबाट बुटवल, तानसेन जाने–आउने यही बाटो हो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया