शनिबार, पुष १२, २०८२

माओको जन्म जयन्तीमा प्रचण्डद्वारा श्रद्धाभाव व्यक्त

मेरोन्यूज २०७८ पुष ११ गते ९:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओत्सेतुङको १२९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाभाव दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी श्रद्धाभाव व्यक्त गर्दै उनले विश्वभरका श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्तसमेत गरेका थिए ।

चिनियाँ क्रान्तिका नायक एवं सर्वहारा वर्गका नेता माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी भएको बताएका छन् । ‘सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलूकमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस अवसरमा प्रचण्डले समाजवादी क्रान्तिको सपना बोकेर बलिदानी गरेका सहिदप्रतिसमेत श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै, बेपत्ताहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रतिक्रिया