प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

कैलाली । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि एफीएफले जितको छ । आइतबार भएको फाइनलमा प्रदेश एकलाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
फाप्ला क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा प्रदेश एकले जितका लागि ६८ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपिएफले १४.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । एपिएफको जितमा ममता चौधरी र ज्योती पाण्डेले चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे । ज्योती ३९ बलमा ३६ रन बनाएर अविजित रहँदा उनलाई ममता चौधरीले २३ बलमा १९ रन बनाएर साथ दिएकी थिइन । त्यसअघि ओपनर इन्दु वर्मा ५, रोमा थापा ४ र राजमती ऐरी शुन्य रनमै आउट भएपनि पाण्डे र चौधरीले एपीएफलाई जित दिलाए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाउँदा थप दोहोरो रनको स्कोरका रुपमा अप्सरी बेगमको ११ रन रह्यो । अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। पुरा ओभर खेलेपनि कुनैपनि ब्याटरले गतिलो स्कोर बनाउन नसक्दा प्रदेश एक कमजोर योगफलमा समेटिन बाध्य भयो।एपीएफका लागि सिता रानामगरले ३, रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिए ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया