माओवादी महाधिवेशन : राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे
मेरोन्यूज
२०७८ पुष ११ गते १६:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही ।
उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।
सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।
शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी थिइन् ।
सम्बन्धित









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया