बिहीबार, फागुन २८, २०८२

सिके राउत नेतृत्वको पार्टीले सिरहामा चक्का जाम गर्ने

मेरोन्यूज २०७८ पुष १२ गते ८:१९

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले आज सिरहामा चक्का जाम गर्ने भएको छ । उक्त पार्टीका कार्यकर्ताहरू किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ परेका किसानको रिहाई हुनु पर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनु पर्ने, क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, बालीको उचित मूल्य कायम गरिनु पर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

यस्तै, आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाएको छ ।

प्रतिक्रिया