शनिबार, पुष १२, २०८२

सिके राउत नेतृत्वको पार्टीले सिरहामा चक्का जाम गर्ने

मेरोन्यूज २०७८ पुष १२ गते ८:१९

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले आज सिरहामा चक्का जाम गर्ने भएको छ । उक्त पार्टीका कार्यकर्ताहरू किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिने भएको हो ।

पक्राउ परेका किसानको रिहाई हुनु पर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनु पर्ने, क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, बालीको उचित मूल्य कायम गरिनु पर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

यस्तै, आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाएको छ ।

प्रतिक्रिया