सप्तरीमा महिलाको हत्या
मेरोन्यूज
२०७८ पुष १२ गते ११:१०
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।
स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।
यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए ।
सम्बन्धित









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया