सटर फोडेर चुरोटसहित १० लाख मूल्यको सामान चोरी

काठमाडौँ । सिरहाको दुई किराना पसलमा सटर फोडेर दश लाखभन्दा बढी मूल्यको सामग्री र नगद चोरी भएको छ । गोलबजार नगरपालिका ६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान र एक लाख नगद चोरी भएको हो ।
चोरले किराना पसलको सटर फोडेर मनोज इन्टरप्राइजेजबाट १५ बन्डल सूर्या चुरोट, २० बन्डल सिखर चुरोट, दुई लाख बराबरको रिचार्ज कार्ड, एक थान (डेल कम्पनी)को ल्यापटप र काउन्टरमा रहेको नगद ५० हजार रुपैयाँ चोरी भएको पसल सञ्चालक मनोज साहले जनाएको छ ।
लक्ष्मी जनरल स्टोरबाट १० बन्डल सूर्या चुरोट, १५ बन्डल शिखर चुरोट, एक लाख बराबरको रिचार्ज कार्ड र काउन्टरमा रहेको नगद ५० हजार चोरी भएको प्रहरीले जनाएको छ । चोरीको आशंकामा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इञ्चार्ज सन्तोष राईले बताए ।















काठमाडाैंकाे तापक्रम २५.४ डिग्री पुग्याे, नेपालगञ्जकाे ३२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया