सरकारले तत्काल कोभिडविरुद्धको खोप नल्याउने

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप तत्काल नल्याउने जनाएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले अहिले स्टोरमा एक करोड २० लाख खोप बाँकी रहेको बताए ।उनका अनुसार लाख खोप ‘सेन्ट्रल भ्याक्सिन स्टोर’ र प्रदेशस्तर ‘भ्याक्सिन स्टोर’हरूमा एक करोड २० लाख खाेप थन्किएर बसेको छ ।
‘तत्काल थप खोपहरू आए भण्डारण गर्ने क्षमता छैन्,’ उनले भने, ‘अहिले थन्किएको खोप प्रयोग गरेपछि मात्र अन्य खोप आयात गर्ने हो ।’
उनका अनुसार अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको सेन्ट्रल भ्याक्सिन स्टोरमा मात्र झण्डै ७८ लाख खोप थन्किएको छ । उनले यी खोपहरू डेढ महिनाभित्र खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले आउनु पर्ने धेरै खोपहरू आइसकेको भन्दै अब सन् २०२२ फेबअरीपछिको खोपहरू मात्र पाइप लाइनमा रहेको बताए । उनले भने, ‘हामीसँग स्टोरमा भएका खोपहरू चाँडै नै सक्ने गरी योजना बनाएका छौँ, अब थप खोप तत्काल नल्याउने रणनीति छ ।’
अहिले दैनिक करिब दुई लाख ५० हजार जना मानिसमा खोप दिइरहेको मन्त्रालयले जनाको छ । नेपालमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टेकुस्थित स्वास्थ्य सेवा विभाग र बाराको पथलैयामा मुख्य भण्डारण केन्द्रहरू रहेका छन् । त्यसैगरी, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधामस्थित मुजेलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कोल्डचेन थप गरेको थियो ।
अधिकारीले जिल्लाले खोप खपत गरेर त्यसको तथ्यांक केन्द्रमा पठाएपछि मात्र थप खोपहरू पठाउने गरिएको भन्दै अब जिल्लालाई पनि खोप लगाउने कार्यलाई तीव्रता दिन निर्देशन दिइएको बताए ।
अहिले मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइरहेको छ । बालबालिकाको ठूलो समूहलाई समेट्न सुरूमा बालबालिकाको धेरै संख्या रहेका २० वटा जिल्लामा यो अभियान सुरु गरेको छ । उनले अहिले बालबालिकामा खोप विद्यालयमै लगाउने गरी काम अगाडि बढेको बताए ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया